काेचबिहार: भाजपाको रथयात्राको विरोधमा तृणमूल कांग्रेसले भाजपाको पार्टी कार्यालय अगाडि सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेको छ। काेचबिहारको पञ्चरंगी मोर क्षेत्रमा तृणमूल कांग्रेसका जिल्ला अध्यक्षको नेतृत्वमा तृणमूल कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्न थालेका छन्। केन्द्र सरकारका विभिन्न विकास परियोजनाको सन्देशसहित भाजपाले आज रथयात्रा निकालेको थियो। तृणमूल कांग्रेसको यो कार्यक्रम रथयात्रा रोक्न र भाजपाको कार्यक्रमलाई विफल पार्नु रहेको थियो।

तृणमूलको भनाइमा, यो रथयात्रा होइन, शवयात्रा हो। भाजपाले आफ्नो रथयात्रा रद्द नगरेसम्म उनीहरुको आन्दोलन जारी रहनेछ ।