कति मानिसहरू अल्छे व्यवहारले गर्दा सबैका अघि हाँसोको पात्र हुन्छन्। हालै चीनबाट एउटा अल्छे सुतुवा चोरको एउटा घटना अघि आएको छ। दक्षिणपश्चिम चीनको युनान प्रान्तमा ८ नोभेम्बरमा एउटा यस्तै घटना भएको छ। त्यहाँको एक घरमा अबेर राति चोर पसेको थियो। उसको मनसाय चोर्ने थियो, तर भित्र भित्र मान्छेहरु बोलेको सुनेपछि ऊ आत्तियो। त्यसैले, उसले घरधनीहरू नसुतेसम्म छुट्टै कोठामा पर्खने निर्णय गरेको थियो। उसले त्यहाँ लुकेर चुरोट तान्यो, निक्कै बेर पर्खिरहँदा ऊ निदायो। केहि समय पछि ताङ नामकी घरकी मालिक्नी आफ्नो परिवार सँग सुतिन्। तर चर्को घुरेको आवाज सुन्न थालेपछि उनी ब्युँझिइन्। पहिले उनले सोचिन्, सायद यो आवाज छिमेकीको घरबाट आएको हुनसक्छ।
तर केही समयपछि नानीको लागि दूध लिन उठेपछि आवाज चर्को हुन थाल्यो। ताङले अर्को कोठामा गएर खोजी गर्दा अपरिचित व्यक्ति सुतेको देखेर छक्क परिन्। त्यसपछि ताङले तुरुन्तै कोठाको दैलो बन्द गरी परिवारका सदस्यहरूलाई उठाएर पुलिसलाई बोलाइन्। तत्कालै पुलिस पुगेर चोरलाई पक्राउ गर्यो। याङ नाम गरेको यस चोरलाई सन् २०२२ मा पनि चोरीको आरोपमा पक्राउ गरिएको थियो। तर, यस पटक चोरी र घुसपैठको यो घटना मिडियामा बाहिर आएपछि याङको हाँसोको पात्र भएका छन्, अनि निकै खिल्ली उडाइएको छ।