पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला शुरु

IMG-20231211-WA0173.jpg

सिलगढी: पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला आजदेखि सिलगढीमा शुरू भएको छ। प्रेस क्लब कोलकोता र युनीसेफ पश्चिम बंगालको संयुक्त आयोजनामा भईरहेको उक्त पत्रकारिता कार्यशालाको पहिलो दिन उदघाटन कार्यक्रम सम्पन्न भयो जसमा सहभागी पत्रकारहरूमाझ परिचय आदान प्रदान र कार्यक्रम विषयमा जानकारी गराइयो। यस क्रममा प्रेस क्लब कोलकोताको सभापति स्नेहाशिष सुरले स्वागत सम्भाषण राख्दै तीन दिवसीय पत्रकारिता कार्यशालाको कार्यक्रम विषयमा जानकारी गराएका थिए। उनले नै कार्यक्रमलाई सञ्चालन पनि गरेका थिए। यस क्रममा पहिलो दिनको कार्यशालामा युनिसेफ कम्युनिकेशन स्पेसियलिस्ट सुचोरिता बरदान, डा. उमा शकंर पाण्डे र सलेशियन कलेज सिलगढीको उप प्राचार्य रेभरेन्ट फादर सीएम पावलले आफ्नो पत्राकरिता र स्वास्थ्य सुरक्षा विषयमा उदघाटनी सम्भाषण राखेका थिए। यस तीन दिवसीय पत्रकारिता कार्यशालामा पश्चिम बंगाल राज्यभरिबाट पत्रकारहरू उपस्थित रहेका थिए। यस पत्रकारिता कार्यशालामा नेपाली भाषाको पत्राकारिता क्षेत्रबाट अतित थापा (डुवर्स), लेनिन राई (गोरूबथान), बिनोद प्रसाई (मिरिक) र हनोक थापा (खरसाङ) आदि पनि सहभागी बनेका छन्। यस तीन दिवसीय पत्रकारिता कार्यशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रेस क्लब कोलकोताको सभापति स्नेहाशिष सुरले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

Advertisement