मुख्यमन्त्रीको प्रशासनिक बैठक सकिएलगत्तै अलिपुरद्वार नगरपालिकाद्वारा मैदानमा सफाई कार्य

IMG-20231211-WA0153

अलिपुरद्वार: मुख्यमन्त्रीको प्रशासनिक बैठक सकिएपछि अलिपुरद्वार नगरपालिकाले मैदानमा सफाई कार्य गरिएको छ। मुख्यमन्त्रीको प्रशासनिक बैठक आइतबार अलिपुरद्वारको परेड मैदानमा भएको थियो। मुख्यमन्त्रीको सम्बोधन सुन्न यस प्रशासनिक बैठकमा विभिन्न वडाबाट ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो। मैदानमा फैलिएका फोहोरहरू सफाई कार्य गरिएको छ। सोमबार बिहान नगरपालिकाका अध्यक्ष प्रसेनजित कर र स्थानीय पार्षद मदन घोषले पूरै ठाउँ सफा गर्न थाले। दुई घण्टाभित्रमा मैदानमा थुप्रिएको प्लाष्टिकहरू अन्य फोहोरहरू सफा गरियो। नगरपालिकाको यो विशेष पहलले मैदान अहिले सफा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement