खरसाङ: क्रामाकपाद्वारा पोष्टरिङ र पर्चा वितरण गरिएको छ। आज गोराबारी, टुङ, दिलाराम, खरसाङ, रोहिणी, पंखाबारी, सिमलबारी, सालबारी, र दार्जिलिङ मोडसम्म क्रामाकपाले यही शीतकालीन अधिवेशनमा गोर्खाल्याण्ड बील पास गर्नुपर्छ भन्दै बिजेपीलाई दबाब दिन व्यापक पोस्टरिङ साथै पर्चा वितरण गरेको छ। आजको यस अभियानमा क्रामाकपाका दार्जिलिङ आञ्चालिक सचिव उद्धप खनाल र सचिव कृष्णवीर राईले नेतृत्व गरेका थिए। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटीको सचिव उद्भव खनालले यही शीतकालीन अधिवेशनमा गोर्खाल्याण्ड बील पास गर्नुपर्छ भन्दै बिजेपीलाई दबाब दिन क्रामाकपाले व्यापक पोस्टरिङ साथै पर्चा वितरण गरिएको बताएका छन्।

उनले आज क्रामाकपाले सोनादादेखि दिलराम, टुंग, खरसाङ बजार हुँदै रोहिणी, पंखाबारी, सिमलबारी, सालबारी, र दार्जिलिङ मोडसम्म क्रामाकपाले पोष्टरिङ गर्दै पर्चाहरू वितरण गरेको बताएका छन्।