खरसाङ: दुधे लिम्बू ट्राइबल एसोसिएसन मार्गरेट्सहोप रिङटाङ शाखाको तत्वावधानमा त्येङ्सी सिएइजङ सिङ थेबेको ३१९औं जन्म जयन्ती साथै मार्गरेट्स होप बस्ती गाउँका ९ जना अव्बल दर्जामा उच्च परीक्षा उत्तीर्ण भई विभिन्न सरकारी विभागको ओहोदामा कार्यरत युवा युवतीवर्गलाई सम्बर्द्धना गरियो। कार्यक्रममा पश्चिम बङाल लिम्बू विकास बोर्ड बिजनबारी शाखाका सदस्य केबी लिम्बू अनि मुख्य अतिथि सिक्किमका अवकाशप्राप्त मेकानिकल इन्जिनियर एसआर सुब्बाको विशेष उपस्थिति रहेको थियो भने अतिथिहरु क्रमैले भूतपूर्व प्रधान अध्यापक एसआर मोक्तान, कालू बस्ती निवासी डीएलओ दावा तामाङ, मार्गरेट्स होप चियाबगानको प्रबन्धक प्रशान्त कुमार आले, नसिब सुब्बा लगायत मार्गरेट्सहोप क्षेत्रका लिम्बु व्यक्तित्वहरुको उपस्थितिमा सिरिजङ्गाको प्रतिकृतिमा अथितिहरुद्वारा धूप दिप प्रज्वलन गर्दै नानीहरुद्वारा सरस्वती वन्दना प्रस्तुत गरिएको थियो। कार्यक्रममा जनकुमार सुब्बाले स्वागत सम्बोधन राखेका थिए। कार्यक्रममा मार्गरेट्स होप बस्ती गाउँका विभिन्न सरकारी विभागहरुमा कार्यरत ९ जना युवा युवतीहरु क्रमैले बिजुली विभागमा कार्यरत् अभियन्ता सुरक्षा सुब्बा, घुम्ती नयाँ बस्तीका प्राध्यापक रतिका सुब्बा, कल्याणी सुब्बा, प्रेरणा सुब्बा, प्राध्यापक डा सलिम सुब्बा, सुदिप सुब्बा, निरज सुब्बा, पीएससी परीक्षा उतीर्ण रजनी सुब्बा अनि प्रणिता राईलाई दोसल्ला ओडाएर सम्बर्द्धना जनायो। कार्यक्रममा मुख्य अतिथि एसआर सुब्बाले आफू मार्गरेट्स होप जस्तो एेतिहासिक भूमिमा पाइला टेक्न पाउँदा आफूलाई गौरान्वित ठानेको भन्दै १९५५ सालमा मार्गरेट्स होप गोली काण्डमा शहीद भएका वीर विराङ्गनाहरुलाई स्मरण गर्दै आजको कार्यक्रम ऐतिहासिक कार्यक्रम रहेको बताए। उनले सिरिजङ्गाको विस्तृत जीवनी पनि अघि राखेका थिए। उनले मार्गरेट्स होप चिया कमानलाई विद्वानहरुको ठाउँ हो भन्दै सम्बर्द्धित नौजना युवा युवतीहरुलाई बधाई दिएका थिए।कार्यक्रममा डीएलओ दावा तामाङ, नसिब सुब्बा, सम्शेर राईले पनि सम्बोधन गरेका थिए।कार्यक्रममा सिमरण थामीले गीत प्रस्तुत गरिन् अनि नानीहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा आयोजक ललित सुब्बाले धन्यवाद दिएसा थिए। कार्यक्रमको सञ्चालन जनकुमार सुब्बा अनि कमल सुब्बाले गरेका थिए।