गान्तोक: तीन दिवसीय आधिकारिक सिक्किम भ्रमणमा आएका धर्मगुरू दलाई लामासँग राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज भेट गरे। भेटको क्रममा राज्यपालले सिक्किममा धर्मगुरू दलाई लामाको उपस्थितिको लागि कृतज्ञता व्यक्त गर्दै राज्य मानिसहरूको निम्ति शान्ति र समृद्धिको लागि प्रार्थना गरे। न्यानो स्वागतको अतिरिक्त, आदानप्रदानले यस महत्त्वपूर्ण भ्रमणको क्रममा सद्भाव र समझदारी बढाउन साझा प्रतिबद्धता झल्किने राज्यपालले बताएका छन्।

यस अवसरमा राज्यपाल लगायत प्रथम महिलाले उनको राज्य भ्रमणले सिक्किमको समग्र शान्ति र समृद्धिमा गहिरो प्रभाव पार्ने र यस क्षेत्र भित्र सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई सुदृढ पार्नसक्ने कामना गरेका छन्।