शीर्ष डिभिजनमा नफर्केसम्म सान्तोसका कुनै पनि खेलाडीले पेलेको १० नम्बरको जर्सी नलगाउने

Pele

ब्राजिलको प्रमुख फूटबल क्लब सान्तोसका कुनै पनि खेलाडीले टोली सिनियर डिभिजन (सिरी ए)मा नफर्केसम्म पेलेको चर्चित १० नम्बरको जर्सी लगाउने छैनन्। पेले आफ्नो करियरभर सान्तोसका लागि खेले र उनको १० नम्बर जर्सीले विश्व फूटबलमा विशेष स्थान राखेको छ। गत वर्ष २९ दिसाम्बरमा ८१ वर्षको उमेरमा पेलेको निधन भएको थियो। सान्तोसका नवनियुक्त अध्यक्ष मार्सेलो टेक्सेइराले भने कि जबसम्म उनको टोली दोस्रो डिभिजनमा खेलिरहन्छ, यसका खेलाडीहरूले १० नम्बर जर्सी लगाउने छैनन्। उनले भने, ‘सन्तोस सिरी एमा नफर्केसम्म हामी १० नम्बरको जर्सी प्रयोग गर्दैनौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement