खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको छ माइल फरेस्ट भिलेजको २३ जनालाई फरेस्ट डिड वितरण गरिएको छ। उक्त फरेस्ट डिड वितरण कार्य खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ खण्डको पञ्चायत समिति सभापति अनु प्रधान, खरसाङ खण्डको बीसीडब्ल्यु अफिसर सुजता तामाङको उपस्थितिमा सिटोङ ग्राम पञ्चायत तीनको छ माइल फरेस्ट बस्तीको २३ जनालाई फरेस्ट डिड वितरण गरिएको छ। योभन्दा अघि पनि सिटोङ ग्राम पञ्चायत तीनकै १० माइल फरेस्ट बस्तीको ८ जना अनुसूचित जनजातिको परिवारहरूलाई फरेस्ट डिड वितरण गरिएको थियो।