तीनधारेको प्रा डा. अमीर ठटाललाई ‘बीआर अम्बेडकर फेलोसिप अवार्ड २०२३’ प्राप्त

IMG-20231211-WA0157.jpg

खरसाङ: तीनधारेको सुपुत्र एंव परिमल मित्र महाविद्यालय माल बजारको सह प्राध्यापक डा अमीर ठटालले ‘डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड २०२३’ प्राप्त गरेका छन्। उनले भारतीय दलित साहित्य अकादमी नयाँ दिल्लीको सौजन्यमा डा. एसपी सुमानस्कर (राष्ट्रिय अध्यक्ष) को बाहुलीबाट डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड प्राप्त गरेका छन्। उनले आईतबार नयाँ दिल्लीमा उक्त अवार्ड ग्रहण गरेका छन्। प्रा. डा. अमीर ठटाल तीनधारेको बजार लाइन निवासी पिता स्व विष्णु दर्जी र माता स्व धनमाया दर्जीकी सुपुत्री हुन्। डा. अमीर ठटालले यो डा बीआर अम्बेडकर फेलोसिप अवार्ड २०२३ दलित साहित्यमा काम गरेकोले उक्त अवार्ड प्राप्त गरिएको बताइएको छ। डा. अमीर ठटालले २०१९ मा नै आफ्नो विद्यावारिधी पूरा गरेका थिए। उनले उत्तर बंग विश्वविद्यालयको प्रोफेसर डा कृष्णराज घतानीको निर्देशनमा ‘औपनिवेसिक सन्दर्भमा दार्जिलिङ र इन्द्र सुन्दासका गद्याख्यानहरूको विश्लेषणात्मक अध्ययन’ विषयमा आफ्नो विद्यावारिधी (पीएचडी) प्राप्त गरेका थिए। उनी विगत २०१० देखि परिमल मित्र स्मृति महाविद्यालय मालबजारमा सह प्राध्यापकके रूपमा कार्यरत् छन्। उनको डा. सोनाम शेर्पासित मिलेर संयुक्त रुपमा २०२२ मा ‘प्रमुख भारतीय नेपाली भाषा (मेजर ईण्डियन ल्याङ्वेजेस – नेपाली)’ नामक पुस्तक प्रकाशित गरेका छन्।

उनको अन्य कृतिहरू पनि प्रकाशोन्मुख रहेका छन्। प्रा. डा. अमीर ठटालले डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड २०२३ प्राप्त गरेर तीनधारे लगायत क्षेत्रलाई नै गौरान्वित बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement