सिलगढी: कञ्चनजंघा खेलकुद परिसरमा मुख्यमन्त्रीको बैठकको बिरूद्ध भाजपा विधायकहरूको विरोध कार्यक्रम रहेको छ। यसैलाई ध्यानमा राख्दै सिलगढीको हास्मी चोकमा सोमबार बिहानैदेखि धेरै मात्रामा पुलिस बल तैनाथ गरिएको छ। कुनै अप्रिय घटना नहोस् भनेर नगरको सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको छ। कञ्चनजङ्घा खेल मैदानमा मुख्यमन्त्रीको भेटका लागि स्टेज निर्माण भइरहेको उल्लेख छ। जसका कारण भाजपाका विधायकहरूले मैदानमा क्षति पुगेको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन्।