गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले पवित्र काग्येद छाम सिक्किममा ठूलो उत्साहका साथ मनाइने गरेको बताएका छन्। उनले सिक्किमका संरक्षक देवताहरूले सिक्किम र सिक्किमी जनतालाई सधैं कल्याण गरून् भनी कामना पनि गरेका छन्।
एसडीएफ अध्यक्ष चामलिङले आज जारी आफ्नो सन्देशमा भनेका छन्, काग्येद नामक आठ तान्त्रिक देवीदेवताको सम्मानमा यो पर्व मनाइन्छ। यस दिन सिक्किमका गुम्बाहरूमा लामाहरूले मानवलाई दुष्टताबाट बचाउन, राम्रो स्वास्थ्य र भाग्यको आशीर्वाद दिन देवताहरूलाई प्रार्थना गर्छन्।
उनले काग्येद छाप, विजयको प्रतीक, सिक्किमका विभिन्न गुम्बाहरूमा मनाइन्छ भन्दै यस शुभ अवसर र वर्षको अन्त्यको साथमा, सिक्किमका जनताको आगामी दिनहरूमा सुस्वास्थ्य, समृद्धि र भाग्यको कामना गरौं भनी आह्वान गरेका छन्।