गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘काग्येद छाम महोत्सव’ को शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
छाम नृत्यको इतिहास सिक्किममा तिब्बती बौद्ध धर्मका संस्थापक गुरु पद्मसम्भवको समयको बताइन्छ भने वहॉंले यस पवित्र भूमिबाट राक्षसलाई परास्त गर्न यो नृत्य प्रदर्शन गरेका थिए।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, दुष्ट र नकारात्मक शक्तिहरूको विनाशको प्रतीकको रूपमा मुखौटा लगाएका भिक्षुहरूको प्रस्तुतिका साथ मनाइने उत्सव हो काग्येद छाम। उनले यी चाडपर्वहरूले हाम्रो सिक्किमी समाजको सामाजिक-सांस्कृतिक बनावटलाई आकार दिन ठूलो महत्त्व राखेको बताउँदै प्रत्येक चाडलाई आपसी मेलमिलाप र सम्मानका साथ मनाउन आग्रह गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा सबैको लागि अनन्त आनन्द, प्रेम र शान्तिको कामना गर्दै र यो दिनले जनताको जीवनमा नयाँ र रोमाञ्चक अवसरहरूको सुरुवात हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।