यस्ता ग्रह जहाँ एउटा चमचको वजन १ अर्ब टन हुन्छ

Neutron-Star

म्याड्रिड: खगोलविद्हरूले अब शक्तिशाली नयाँ टेलिस्कोपको सहायताले दुई मृत सूर्यको टक्कर देख्न सक्ने भएका छन्। सन् २०१७ मा अन्वेषकहरूले अचानक दुई समान मृत ‘न्यूट्रोन’ ताराहरूको अन्तरिक्ष ऊर्जा टकराएको पत्ता लगाए। त्यसपछि वैज्ञानिकहरूले यस्तो टक्करले ब्रह्माण्डमा रहेको सुन र प्लेटिनम उत्पादन गरेको थाहा पाए। अब वैज्ञानिकहरूले यी घटनाहरूलाई नजिकबाट हेर्न सक्ने टेलिस्कोप विकास गरेका छन्। बीबीसीको रिपोर्टका अनुसार इंग्ल्याण्डका वैज्ञानिकहरूले यो टेलिस्कोप बनाएका छन्, जसलाई ‘गोटो’ (अर्थात् जीओटीओ-ग्र्याभिटेसनल वेभ अप्टिकल ट्रान्सेन्ट अभजर्भर) नाम दिइएको छ। यो टेलिस्कोप ज्वालामुखी स्पेनी टापु ला पाल्मामा अवस्थित छ जहाँबाट यसले वैज्ञानिकहरूलाई गहिरो अन्तरिक्षमा न्यूट्रोन ताराहरूको टक्कर अवलोकन गर्न मद्दत गर्नेछ।

न्युट्रोन ताराहरूको टक्करबाट प्रकाश दुई रात मात्र देख्न सकिन्छ, त्यसैले टेलिस्कोपहरूले यसलाई जतिसक्दो चाँडो खोज्नु पर्छ। न्यूट्रोन ताराहरूको टक्करले अनुसन्धानकर्ताहरूलाई ब्रह्माण्ड बुझ्न मद्दत गर्नसक्छ। एक न्युट्रोन तारा हाम्रो सूर्यको १.४ गुणा द्रव्यमान भएको शहरको आकारको आकाशीय पिण्ड हो। यी ताराहरूको द्रव्यमान यति धेरै छ कि यहाँ एक चम्चाको वजन एक अरब टन बराबर छ। न्युट्रोन ताराको गुरुत्वाकर्षण पृथ्वीको भन्दा दुई अर्ब गुणा बढी हुन्छ। हाम्रो सूर्य भन्दा चार देखि आठ गुणा ठूला ताराहरू सुपरनोभामा विस्फोट हुँदा न्यूट्रोन ताराहरू बन्छन्। न्युट्रोन ताराहरूमा यति बलियो गुरुत्वाकर्षण बल हुन्छ कि तिनीहरू एकअर्कातर्फ तान्छन् र अन्ततः एकअर्कासँग टकराउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement