आगलागीमा तीनवटा दोकान क्षतिग्रस्त

IMG-20231211-WA0101.jpg

नक्सलबारी: नक्सलबारीको मुर्गीहाटीमा आगलागी हुँदा तीनवटा दोकान क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार सर्वप्रथम एटा पान दोकानमा आगो लागेपछि छेवैको २ वटा दोकान पनि आगोको चपेटमा परेर क्षतिग्रस्त बनेको बताइएको छ। स्थानीय मानिसहरूले दोकानमा आगो लागेको देखेपछि आगो निभाउने प्रयास गरे। यसपछि नक्सलबारी दमकलको २ वटा इञ्जिन र मतिगढाबाट एउटा इञ्जिन घटनास्थलमा पुगेर लगभग ४५ मिनटको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगलागीमा 3 वटा दोकान क्षतिग्रस्त बनेको बताइएको छ। घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष घटनास्थलमा पुगेर अग्निपीडित व्यवसायीहरूको साथ रहने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement