धर्मगुरू दलाई लामा तीन दिवसीय भ्रमणमा सिक्किम आइपुगे

IMG-20231212-WA0003.jpg

गान्तोक: धर्मगुरू दलाई लामा तीन दिवसीय सिक्किम भ्रमणको निम्ति आज गान्तोक आइपुगेका छन्।आज उनलाई लिबिङ हेलिपेडमा स्वागत जनाउनको निम्ति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई सिक्किम विधान सभाका अध्यक्ष अरूण उप्रेती, मुख्य सचिव भीबी पाठक लगायत अन्य अधिकारीहरू लिबिङ हेलिपेड पुगेका थिए। आज उनी राजधानीस्थित एक होटलमा बस्ने भएका छन् भने भोलि मंगलबार उनले राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री तामाङ लगायत मन्त्रीमण्डलका प्रतिनिधिहरूको पनि उपस्थिति रहने भएको छ। सिक्किम आउने क्रममा आज उनलाई देउरालीस्थित बिरोलोद्वारबाट जिरो पोइन्टसम्म स्वागत गर्नेहरूको भीड रहेको थियो।

भोलि उनले पाल्जर स्टेडियमबाट भर्चउलरूपमा रूम्तेकमा कर्मापा पार्क र सिमिक खाम्दोङमा ग्याल्वा ल्हाटसुन छेन्पोको शालिगको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। सोही क्रममा उनी बस्ने होटल पुग्ने क्रममा उनलाई सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्री सोनम लामा, मन्त्री सञ्जित खरेल, मन्त्री भीम हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरू भव्यरूपमा स्वागत जनाए। उल्लेखनीय छ, यस भन्दा अघि उनी २०१० मा सिक्किम आएका थिए भने पूनः १३ वर्ष पछि आज उनी सिक्किम आइपुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement