संयुक्त राष्ट्र सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमा अमेरिकाले भिटो लगाएपछि धेरै देशले अमेरिकाप्रति निराशा लगाउँदै खेद व्यक्त गरेका छन्। मस्यौदा प्रस्तावमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ। सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टका अनुसार ‘संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले निराशा व्यक्त गर्दै उक्त मस्यौदालाई अमेरिकाले भिटो गरेकोमा हामी गहिरो निराशा र खेद व्यक्त गर्दछौंl’ झाङले भने, ‘दुई महिना लामो युद्धले पहिले नै धेरै मृत्युको साथ ठूलो विनाश निम्त्याएको छ र तत्काल युद्धविराम सबैभन्दा महत्त्वपूर्ण शर्त होl’ संयुक्त राष्ट्र संघका लागि प्यालेस्टाइनका स्थायी पर्यवेक्षक रियाद एच मन्सुरले काउन्सिललाई आफ्नो जिम्मेवारी पूरा गर्नबाट रोक्नु अत्यन्तै खेदजनक र विनाशकारी भएको बताए। संयुक्त राष्ट्र संघका लागि युएईका उप-स्थायी प्रतिनिधि मोहम्मद अबुशाबले नतिजाप्रति गहिरो निराशा व्यक्त गरे। यद्यपि, उनले भने, ‘यो निराशाजनक परिणामले आफ्नो देशले काउन्सिलका सदस्यहरूलाई कारबाही गर्न र गाजामा हिंसा अन्त्य गर्न आग्रह गर्नबाट रोक्ने छैन। संयुक्त राष्ट्र संघका लागि रुसका प्रथम उप-स्थायी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले आज मध्यपूर्वमा सबैभन्दा कालो दिन हुने बताए, किनभने अमेरिकाले फेरि युद्धविरामको आह्वानलाई अवरुद्ध गरेको छ।