खरसाङ: दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रले बाल विवाह रोक्न विशेष अभियान चलाएको छl यसै अभियानअन्तर्गत खरसाङ क्षेत्रमा दुईवटा बाल-विवाह रोक्न सफल भएको छ। बिहीबार चाइल्डलाइन खरसाङ उप केन्द्रले आफ्नो निजी कार्यालयमा पत्रकार सम्मेलन गरेर चाइल्डलाइनका टीएम मेम्बरहरुले यस बारेमा बताएका छन्l उनीहरूले बताएअनुसार खरसाङ महकुमा क्षेत्रका बेग्ला बेग्लै दुईवटा गाउँमा बाल विवाह बारे जानकारी पाएपछि चाइल्डलाइनको एउटा टोली अनि पुलिस प्रशासनलगायत खण्ड विकास कार्यालयका प्रतिनिधिहरू गएर ती दुवैवटा ठाउँमा छापा मारेर विवाह भइरहेकै अवस्थामा बाल विवाह सफल भएको छl सो बाल विवाहमा बेहुला-बेहुली साथै उनीहरूका परिवारजनलाई पक्राउ गरिएको जनाएका छन्। यी दुवै ठाउँका बेहुली केवल १४-१५ वर्षको रहेको जनाउँदै एक ठाउँकी १४ वर्षीया बेहुली हाल एउटा होममा रहेको अनि बेहुला भने पुलिस हिरासतमा रहेको बताइएको छl यस घटनामा बाल-विवाह कानूनअन्तर्गत मुद्धा लाग्ने भएको छ। उनीहरू यस्ता बाल-विवाह जस्ता कानुनी अपराध गर्ने अनि गराउने दुवै पक्षलाई कडा सजाय हुनसक्ने जनाउँदै यस्तो अपराध रोक्न समाजका सबै वर्गका मानिसहरू अघि आउनु पर्ने बताएका छन्। पत्रकार सम्मेलनमा दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रको पक्षबाट प्रभारी ईशा लेप्चा, टीएम मेम्बरहरू किशोर छेत्री, देवीमाया तामाङ, दिपशिखा छेत्री, सौरभ बसेललगायत भोलेन्टियरहरू सङ्गीता छेत्री अनि रोशन छेत्री उपस्थित थिए।