मङपू: आज मङपू पेन्शन कार्यलयमा गोजामुकोको सभा सप्पन्न भयो। सभामा गोजामुमो मङपू लाब्दा समष्टि पार्टी समिति गठन गरियो। गोजामुमो प्रवक्ता एवं केन्द्रीय समितिका नेता किशोर भारती चुनाव अधिकारी रहेर गोजामुमो मङपू लाब्दा समष्टि गठन गरियो। नयाँ समितिमा गोजामुमो मङपू लाब्दा समष्टि अध्यक्ष उर्गेन शेर्पा, उपसभापति अनमोल थापा, सचिव जीवन तामाङ, सहसचिव राम चन्द्र लकान्द्री, संगठानिक सचिव आशिष् गुरुङ, कोषाध्यक्ष बिशाल राई, प्रवक्ता आशिष खवास प्रमुख सल्लाहकार डीएन मुखिया, एल.बी पाख्रीन, किरण थापा, के.बी गुरुङ, रवीन्द्र छेत्री अनि कानुनी सल्लाहकार कपिल लोहार साथै लेखापरीक्षक अभिनास छेत्रीलाई चयन गरियो। आजको सभामा गोजामुमो प्रवक्ता किशोर भराती,दिपेन माले सन्जीब सुबेदी, अन्मोल थापा अनि उर्गेन शेर्पाले सम्बोधन गरे।