मुख्यमन्त्रीले सडकको अवस्थालाई लिएर असन्तुष्टि प्रकट गरेपछि रातिनै सडकको कार्य शुरू

Capture1-7.png

अलिपुरद्वार: मुख्यमन्त्री ममता ब्यानर्जीले अलिपुरद्वारको विभिन्न ठाउँमा पैदल हिँडेर जनसम्पर्क गरिन्। यस अवधि तिनले सडकको अवस्था देखेर क्षोभ प्रकट गरिन्। यसपछि गत रातिदेखि नै अलिपुरद्वार नगरपालिकाले सडकको कार्य शुरू गरेको छ। प्राप्त जानकारी अनुसार अलिपुरद्वार नगरपालिकाको ३ र १९ नम्बर वार्डको १५० मिटर सडक धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेको छ। त्यहीँ सडकमा अलिपुरद्वार विश्वविद्यालयस्थित छ। मुख्यमन्त्री ममता ब्यानर्जी हिजो अलिपुरद्वार विश्वविद्यालयको उक्त सडक भएर पैदल यातायात गर्ने क्रममा सडकको अवस्थालाई लिएर तिनले असन्तुष्टि व्यक्त गरिन्। यसपछि नगरपालिकाले हिजो रातिदेखि नै उक्त सडकको कार्य शुरू गरेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार दीर्घदिनदेखि उक्त सडक बेहाल अवस्थामा रहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो उक्त सडकको अवस्था देखेर क्षोभ प्रकट गरेपछि नै नगरपालिकाले हिजो रातिदेखि सडकको कार्य शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement