एपीएससीका पूर्व प्रधान परीक्षा नियन्त्रक पक्राउ

IMG-20230410-WA0169-11-300x172-3

गुवाहाटी: वर्ष २०१३ र २०१४ बिच असम लोक सेवा आयोग (एपीएससी) मा भएको क्याश फर् जब घोटालाको घटनाक्रममा असम पुलिसको विशेष जॉंच टीमले एपीएससीका पूर्व प्रधान परीक्षा नियन्त्रक नन्द बाबू सिंहलाई उनको सिलचरस्थित आवासबाट पक्राउ गरेको छ।

एपीएससीका पूर्व अध्यक्ष राकेश पलको नजिक मानिने सिंहलाई सोधपुछको निम्ति सिलचरबाट गुवाहाटीमा सीआईडी कार्यालय ल्याइयो। सिंहमाथि पलको निर्देशनमा एपीएससी प्रारम्भिक र मुख्य परीक्षाहरूको लगभग 45 हजार उत्तर पुस्तिका नष्ट गरेको र अनैतिक रूपमा आफ्नो छोरी मिनर्वा देवी अरंबमलाई एसीएस पदमा नियुक्त गरेको आरोप छ।

वर्तमानमा करीमगंज जिल्लामा अतिरिक्त जिल्ला आयुक्तको रूपमा कार्यरत उनकी छोरी अरंबमलाई एसआईटीले शनिवार बोलाएको थियो। सोमवार गुवाहाटीमा सीआईडी कार्यालयमा उनीसॅंग सोधपुछ गरिने छ। घोटालाको सम्बन्धमा अहिलेसम्म पक्रा पर्नेहरूमा कन्या दासुस, वहीदा बेगम, राकेश दास, शाहजहां सरकार, ऐश्वर्य जीवन बरुवा र नन्द बाबू सिंह सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement