उल्फा (स्व.) ले डीजीपीलाई दियो अझ आक्रमणको चेताउनी

IMG-20230410-WA0169-11-300x172-3

गुवाहाटी: प्रतिबन्धित उग्रवादी संगठन युनाइटेड लिबरेशन अफ् असम इन्डिपेन्डेन्ट (उल्फा-स्व) ले असमको पुलिस महानिदेशक जीपी सिंहलाई आफ्नो अहंकार छोड्न चेताउनी दिॅंदै राज्यमा अझ आक्रमण गर्ने चेताउनी दिएको छ।

उग्रवादी संगठनले कडा शब्दहरूमा जारी एक बयानमा तिनसुकियाको डिराक आर्मी क्याम्प र शिवसागरमा जयसागर सीआरपीएफ क्याम्पमा भएको ग्रेनेड हमलाहरूमा उल्फा (स्व) को हात रहेको दाबी गरेको छ। उल्फाले डीजीपी सिंहलाई असम पुलिसलाई आफ्नो पैतृक सम्पत्तिको रूपमा प्रयोग नगर्न चेताउनी दिएको छ।

बयानमा संगठनको असम पुलिसप्रति कुनै दुश्मनी वा नराम्रो भावना नरहेको बताउॅंदै पुलिसकर्मीहरू यसै राज्यका सन्तान रहेको बताएको छ। उल्फा (स्व) ले जीपी सिंहलाई चेताउनी दिॅंदै असम पुलिसमाथि आफ्नो सम्पत्तिको रूपमा दाबी नगर्न र आफ्नो अहंकारलाई त्याग्न सुझाउ दिएको छ। डीजीपीको व्यवहारले असम पुलिसमा काम गर्ने अधिकारीहरू र सदस्यहरूको आत्मसम्मानमा ठेस पुगेको पनि उल्फा (स्व.) ले आफ्नो बयानमा बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement