कोचबिहारः आइतवार नदीबाट दुई दिनदेखि हराएको व्यक्तिको शव भेटियो। मृतकको नाम शम्भू शर्मा (४०) बताइएको छ। यो घटना गोयरकाटाको बताइएको छ।
पारिवारिक सूत्रहरू अनुसार, गोयरकाटाको ज्योतिर्मय कोलोनी क्षेत्र निवासी शम्भू शर्मा दुई दिनदेखि हराएको थियो। परिवारले जसको एक लिखित शिकायत शनिवार बिन्नागढ़ी आउट पोस्टमा दर्ता गराएका थिए। आज स्थानीय मानिसहरूले उक्त व्यक्तिको शव गोयरकाटा चिया कमान नजिक बग्ने अंगरावासा नदीको छेउ देखे। पुलिस र परिजनहरूलाई यसको सूचना दिइयो। पछि बिन्नागढ़ी आउट पोस्ट पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। पुलिस घटनाको जाँचमा जुटेको छ।