बीएसएफले सद्भावनाको साथ पक्रा परेको बांग्लादेशीलाई बीजीपीलाई सुम्प्यो

IMG-20230528-WA0320-5-300x172-3

कोचबिहारः उत्तर बंगालको सीमामा तैनात सुरक्षाबल (बीएसएफ) का जवानहरूले भारत-बांग्लादेश सीमामा एक बांग्लादेशी नागरिकलाई समाएका छन्। जसपछि सद्भावनाको सन्देश लिँदै बर्डर गार्ड बांग्लादेश (बीजीबी) लाई सुम्पियो।

जानकारी अनुसार, जलपाइगढ़ी सेक्टर अन्तर्गत ६औं बटालियन बीएसएफका बर्डर आउट पोस्ट अर्जुनका सतर्क सीमा जवानहरूले एक बांग्लादेशी नागरिकलाई घुसपैठक गर्दै गरेको समाए। पक्रा परेको बांग्लादेशीको नाम मोहम्मद कलाम बताइएको छ। व्यक्तिसित सोधपुछ गर्दा व्यक्ति कमजोर दिमागको भएको कारण अनजानमा सीमा नाघेर बांग्लादेशदेखि भारतमा प्रवेश गरेको पाइयो। शनिवार बीएसएफ र बर्डर गार्ड बांग्लादेश (बीजीबी) बीच एक कम्पनी कमान्डर स्तरको फ्लयाग मीटिङ गरी बांग्लादेशी नागरिकलाई सद्भावनाको रूपमा बीजीबीलाई सुम्पियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement