मदारीहाटः साहित्य अकादमी,नयॉं दिल्ली तथा डुवर्स नेपाली साहित्य सभाको आयोजनामा आज मदारीहाट खण्ड अन्तर्गत दुम्सीपाडा मदर टेरेसा एमएसके-मा ग्रामालोक तथा कवि संधि एवम् मेरे झरोखे से कार्यक्रम भव्यरूपमा सम्पन्न भयो| दुइवटा सत्रमा बॉंडिएको प्रथम सत्र ग्रामालोक कार्यक्रमको अध्यक्ष वरिष्ठ साहित्याकार युवराज काफ्लेले गरेका थिए भने मुख्य अतिथिको रूपमा नेपाली परामर्श समितिका सल्लाहकार प्रा. तेजमान बराइली, विशिष्ट अतिथिको रूपमा साहित्य अकादमी नेपाली परामर्श समितिका डुवर्सबाट सदस्या अमृता राणा थिए भने अतिथिहरूमा वयोवृद्ध कथाकार कृष्ण योञ्जन गडबडे, डुनेसासका सल्लाहकार समाजसेवी बिनोद मोक्तान,दुम्सीपाडा नव जागृति संघका सचिव दिवस शासंकर, कोषाध्यक्ष बिसन लामा, शिक्षक शीतल शासंकर, समाजसेवी जुगेश राई आदि रहेको कार्यक्रममा अमृता राणाले स्वागात सम्बोधन साथै साहित्य अकादमीले गर्ने कार्यक्रमहरू बारे पनि प्रकाश पार्नु भयो।
सर्वप्रथम युवाकवि सबीन थापाले कविता वाचन गरेर भने अकादमीले निम्ताएको कविहरूमा उमेश प्रधान, सुमित्रा गौतम, सुश्री लक्ष्मी लामा, अजित कटेलले आफ्नो रजनाहरू प्रस्तुत गरे। अन्य कविहरूमा शरणकुमार थापा, गीताञ्जली खाती, रेणुका लामा, दिलीप शर्मा घिमिरे आदिले पनि आफ्नो कविता प्रस्तुत गरे। दोस्रो सत्रमा वरिष्ठ साहित्याकार डा जीवन राणाले कवि सन्धिको निम्ति निम्ताइएका वरिष्ठ कवि कमल थुलुङ र मेरे झरोखे से को निम्ति निम्ताइएका वयोवृद्ध साहित्याकार सागर राई बारे परिचय राखे पश्चात कमल थुलुङले आफ्नो कविताहरू पाठ गरेका थिए भने साहित्याकार स्व. किताब सिंह राईको व्यक्तित्व तथा कृतित्वमाथि मेरे झरोखे से मा सागर राईले आफ्नो विचार राखेका थिए। डुवर्स नेपाली साहित्य सभाका मूलसचिव किरण उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा प्रा तेजमान बराइली, कृष्ण योञ्जन गडबडे, बिनोद मोक्तान,साथै कार्यक्रमका अध्यक्ष युवराज काफ्लेले कार्यक्रमबारे आ आफ्नो विचार राखे पश्चात दिलीप शर्मा घिमिरेले धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन भएको थियो।










