सिक्किमको १२ हजार फिटको उचाइमा पहिलो पटक देखियो रोयल बंगाल टाइगर

Royal-Bengal-Tiger

कुनै रेकर्ड उचाईंमा पहिलो पटक रोयल बंगाल टाइगर देखिएको छ। एक कठिन खोज हुँदा देखिएको होl पूर्व सिक्किमको पांगलोखा वन्यजन्तु अभयारण्यमा ३,६४० मिटरको उचाइमा रहेको रोयल बंगाल टाइगरको तस्वीर क्यामेरामा कैद गरिएको छ। यो सिक्किम, बंगाल र भुटानको बीचमा अवस्थितमा छ, र १२८ वर्ग किलोमिटरमा फैलिएको छ। यो सिक्किमको सबैभन्दा ठूलो वन्यजन्तु अभयारण्य हो। यस खोजपछि भारतमा रोयल बंगाल टाइगरको उपस्थिति नयाँ उचाइमा पुगेको छ, जुन आफैमा नयाँ कीर्तिमान मानिएको छ। अधिकारीहरूका अनुसार रोयल बंगाल टाइगरलाई बम्बे नेचुरल हिस्ट्री सोसाइटी (बीएनएचएस) टोलीले सिक्किम वन विभागसँगको सहकार्यमा अभयारण्यमा अध्ययन गरिरहेको क्यामेरामा देखेको थियो। बीएनएचएस टोलीले ११,९४२ फिटको उचाइमा बाघ देखेको यो पहिलो पटक रहेको दाबी गरेको छ। संचारमाध्यमको समाचारअनुसार सर्वेक्षणमा संलग्न बीएनएचएसका वैज्ञानिक अथर्व सिंहले भुटानबाट उत्तर सिक्किमको जंगलमा प्रवेश गर्न बाघले अभयारण्यको उच्च भूभागलाई करिडोरको रूपमा प्रयोग गरिरहेको हुनसक्ने बताएका छन्।


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement