सरकारी परिसेवा प्रदान कार्यक्रममा मुख्यमन्त्रीद्वारा विभिन्न प्रकल्पको उद्घाटन

d07b9cba-00de-4ec1-ae34-3c670acc9eb3

कालचिनीः गत बुधबारदेखि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी ७ दिनको उत्तरबंगाल भ्रमणमा आएकी छन् भने यसबीच तिनी खरसाङमा पारिवारिक विवाह कार्यक्रम साथै प्रशासनिक कार्यक्रम सम्पन्न भए पश्चात शनिबार अलिपुरद्वार आइपुगेकी थिईन्।
शनिबार अलिपुरद्वारको सर्किट हाउसमा विश्राम पश्चात आइतबार दिउँसो अलिपुरद्वार परेड मैदानमा मुख्यमन्त्री ममता ब्यानर्जी सरकारी परिसेवा प्रदान कार्यक्रममा आइपुगिन्। मुख्यमन्त्री कार्यक्रम मन्चमा आउँदा उपस्थित समर्थकहरूले हात हल्लाएर तिनलाई स्वागत जनाए। यसबीच कार्यक्रम मन्चबाट मुख्यमन्त्रीले २७ वटा प्रकल्पको उद्घाटन साथै ७७ वटा विभिन्न परियोजनाहरूको शिलान्यास भर्चुअल रुपमा गरिन्।
उल्लेखनीय के थियो भने सँधै जस्तो मुख्यमन्त्री आक्रमक थिईनन्। तिनले केवल केन्द्र सरकारले बंगाललाई बकाया रकम तथा अनुदान रोकेर राखेको गुनासो पोखिन्। तिनले केन्द्रले १.१५ लाख करोड़ रुपियॉं राज्यलाई भुगतान नगरेको बताउँदै मनरेगा र अन्य योजनाको रकम नदिएकोले बंगालको जनसाधारण अपठ्यारोमा परेको बताउँदै पाउने हकको निम्ति आफू अडिग भएर लड़ेको र चॉंडै प्रधानमन्त्री समक्ष भेट गरेर बंगालको बकाया रकम माग्ने र या त गद्दी छोड़ या बंगालको बकाया रकम भुगतान गर्ने माग गर्ने बताईन्। तिनले बेसी कटाक्ष नगर्दै फेक ललीपप देखाउनेहरूसँग सतर्क बस्ने जनतालाई सम्बोधन गरिन। सम्बोधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तरबंगालमा सानाठूला उद्योगगरी २४ हजार करोड़ रुपियॉंको लगानी गरिएको पनि बताइन भने आगामी १२ दिसम्बरभित्र किसानहरूले खरीफ फसलको निम्ति रकम पाउने बताइन्। चियाबारी श्रमिकहरू सबैले पट्टा पाउने र पट्टा पाएपछि घर बनाउन १ लाख २० हजार रुपियॉं श्रमिक परिवारलाई प्रदान गरिने पनि घोषणा गरिन्। यस क्रममा मुख्यमन्त्रीको बाहुलीबाट १० जना चिया श्रमिकहरूलाई जमीनको पट्टा वितरण पनि गरियो। प्रायः २९ वटा विभिन्न प्रकल्पको लाभार्थीहरूलाई मुख्यमन्त्रीको बाहुलीबाट परिसेवा प्रदान गरिएको थियो। मूलतः अलिपुरद्वारमा सम्पन्न सरकारी परिसेवा प्रदान कार्यक्रममा आइतबार मुख्यमन्त्री ममता ब्यानर्जीले राजनैतिक पक्षलाई कम तर प्रशासनिक पक्षलाई अधिक महत्व दिएर सम्बोधन राखेकी थिईन्।
आईताबार सम्पन्न सो कार्यक्रममा मन्चमा राज्यसभा सांसद तथा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईक लगायत मन्त्री बुलुचीक बढ़ाईक, मन्त्री उदयन गुहा, जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, जिल्ला परिषदका सहकारी सभाधिपति मनोरन्जन दे, जिल्ला परिषद सदस्य गंगाप्रसाद शर्मा, वरिष्ठ तृणमूल नेता मृदुल गोस्वामी, एसजेडीए चेयरम्यान डा. सौरभ चक्रवर्ती, अलिपुरद्वार नगरपालिका चेयरम्यान बाबलु कर आदि नेतृत्व औ प्रशासनिक अधिकारीगणको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement