२६ वर्षपछि कांग्रेसको मुखपत्र नेपाल पुकार पुन: प्रकाशित

Screenshot_20231210_190218_Dailyhunt.jpg

काठमाडौं: नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ। त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको छ।
पार्टी मुख्यालय सानेपामा कार्यक्रम गरी नेपाल पुकार पुन: बजारमा ल्याइएको छ। नेपाली कांग्रेस स्थापनाअघि कांग्रेसका दुई धार नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए। दुई पार्टीको एकीकरण (१९४९ सालमा) मा भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो।
युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकियो। साढे पाँच दशक भन्दा बढी मुखपत्रका रुपमा प्रकाशित नेपाल पुकारलाई कांग्रेसले १९९७ सालदेखि बन्द गरेको थियो।
‘अरु प्रतिस्पर्धी पत्रिका आएपछि आफूलाई अझै परिस्कृत गर्नुपर्नेमा पत्रिका नै बन्द गरिएको रहेछ’, प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भन्छन्। पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुनः प्रकाशन थालिएको हो। पुन: प्रकाशित नेपाल पुकारको नयाँ अंकको सामग्रीमा गत १० सेप्टेम्बरदेखि २० सितम्बर सम्म कांग्रेसले गरेको बीपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ। प्रचार विभागले निकालेको पत्रिकामा सम्पादक मण्डलमा गोपाल झा, इन्द्र रिजाल, लिला दाहाल, दीपेन्द्र वान्तवालगायत छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *