मेचपाड़ामा रक्तदान शिविर

0f8b41ae-7861-49cb-a0f9-db650e60cdfe

कालचिनीः मेचपाड़ा नारी उत्थान सेवा समितिको आयोजनामा आइतबार मेचपाड़ा चियाबारीको अस्पतालमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी आयोजक कमिटीको पक्षबाट पञ्चायत सदस्य मुन्नी लामाले दिएकी छन्। जम्मा ४७ यूनिट रगत सङ्ग्रह गरेक अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा दिएको पनि तिनले बताईन्।
बर्षेनी नारी समितिले रक्तदान शिविर सम्पन्न गर्दै आइरहेको र पुरानो साललाई अब विदाई दिँदै नयाँ साललाई स्वागत गर्न एवम् ब्लड ब्याङ्कमा रगतको अभाव नरहोस् भन्ने उद्देश्यले स्वेच्छा रक्तदान शिविर सम्पन्न गरिएको मुन्नी लामाले बताएकी छन्।
रक्तदान सम्पन्न गर्नलाई मेचपाड़ा चियाबारीको प्रबन्धनपक्षले सहयोग गरेको र मेचपाड़ाका जम्मै पञ्चायत सदस्य औ महिलाहरूले सक्रियता देखाएकोमा आयोजक कमिटीको पक्षबाट मुन्नी लामाले धन्यवाद ज्ञापन गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement