गान्तोक: प्रधानमन्त्री वन धन विकास योजनाको निम्ति आज पाकिम जिल्लामा पहिलो जिल्लास्तरीय समन्वय साथै अनुगमन समतिको सभा सम्पन्न भयो। पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित यस सभाको अध्य़क्षता जिल्लापाल टाशी छोपेल लेप्चाले गरेका थिए, उनी उक्त समितिका अध्यक्ष पनि हुन्। स्वागत सम्बोधनको क्रममा जोइन्ट रेजिसट्ररर केसाङ याङकीले प्रधानमन्त्री वन धन योजनाबारे विस्तृतरूपमा जानकारी गराइन्। यस योजना शुरू गरिनुको प्रमुख कारण आदिवासीहरूको जीविकोपार्जनलाई लक्षित गर्ने उद्देश्यले गरिएको छ, र सानो वन उत्पादनको मूल्य अभिवृद्धि मार्फत आदिवासीहरूको आयस्रोत बढाउनु रहेको छ।

सिक्किमले ८० वटा वन धन केन्द्रहरू स्वीकृत गरेको र पाकिम जिल्लामा ९ केन्द्रहरू पहिचान गरिएको जानकारी गराइन्। यस योजना अन्तर्ग तीन सय सेल्फ हेल्प ग्रुप र सहकारी संस्थाहरू सामेल रहेको छ। जिल्लापाल लेप्चाले अहिलेसम्म यस योजनालाई कार्यान्वयन गर्न जुन पहल शुरू गरिएको छ, त्यसको प्रशंसा गर्दै विशेष गरेर स्थानीय उत्पादनहरूको प्याकेजिङ प्रदर्शनले विकास केन्द्रहरूलाई ठूलो सहयोग पुग्न बताए।