नक्सलबारीमा वीर वीरसा मुण्डाको सालिग अनावरण

Capture3-4.png

नक्सलबारी: नक्सलबारीमा वीरसा मुण्डाको पूर्णाङ्क सालिग आज अनावरण गरियो। नक्सलबारीको आदिवासी मैदानमा वीर वीरसा मुण्डाको पूर्णाङ्ग सालिगको आज सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले अनावरण गरे। यस अवसरमा अरूण घोषले भने, वीर वीरसा मुण्डाको जन्मजयन्ती अगावै पालन गरे तापनि आदिवासी समुदायका मानिसहरूको अनुरोधमा आज सालिगको अनावरण गरिएको हो। आगामी दिनमा नक्सलबारीमा कवि रवीन्द्रनाथ टेगोर, स्वामी विवेकानन्द, भगिनी निवेदिता र पञ्चानन वर्माको सालिग पनि स्थापित गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement