गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज मुख्यमन्त्रीको राजनीतिक सचिव जेकब खालिङले पाल्जोर स्टेडियममा चलिरहेको तयारीको जायजा लिए। परमपावन दलाई लामा भोलि, सोमवार सिक्किम भ्रमणमा आइपुग्ने छन् भने १२ दिसम्बरका दिन पाल्जोर स्टेडियममा प्रस्तावित कार्यक्रममा आर्शीवचन दिनेछन्।
यस भ्रमण अवधि धर्म विभाग, सडक एवं पुल विभाग, आईपीआर विभाग, संस्कृति विभाग, पीएचई विभाग, गृह विभाग, शहरी विकास विभाग र जीएमसीका अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए।
राजनीतिक सचिव खालिङले परमपावन १४औं दलाई लामालाई सिक्किमवासीहरूको तर्फबाट हार्दिक स्वागत जनाएका छन्। उनले दलाई लामालाई करुणामय संसारको निम्ति उनका मार्गदर्शन अनि शिक्षाको निम्ति धन्यवाद दिएका छन्।