गेजिङ: राज्यका कृषि एवम् वागवाणी विभाग मन्त्री लोकनाथ नेपालले आज गेजिङ जिल्लाको लोवर बर्मेक विद्यालय र सन राईज विद्यालयको वार्षिक कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा मन्त्री नेपालले विद्यालयमा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरे।
विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्न शिक्षकहरूको भूमिकालाई स्वीकार गर्दै मन्त्री नेपालले विद्यार्थीहरूसँग अन्तरक्रिया पनि गरे। उनले विद्यार्थीहरूलाई सफल शैक्षिक भविष्यको निम्ति शुभकामना व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा चलिरहेको विकास कार्यबारे पनि कार्यक्रममा अवगत गराए। राज्यका मुख्यमन्त्री पीएस तामाङले परिकल्पना गरेका विभिन्न कल्याणकारी योजनाहरूबारे पनि मन्त्री नेपालले जानकारी गराएका थिए।