मुख्यमन्त्री तामाङले गरे एनडीएमए र एसडीएमएका प्रतिनिधिहरूसँग भेट

IMG-20231210-WA0154.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण (एनडीएमए) का १५ जना सदस्यहरूसँग उनको सरकारी निवास मिन्तोकगाङमा भेट गरे। यस अवसरमा एसएसडीएमएका प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू पनि रहेका थिए।

एनडीएमएम-का संयुक्त सचिव कुणाल सत्यार्थीको नेतृत्वमा गएको टोलीमा एसएसडीएमएका निदेशक प्रभाकर राई, अतिरिक्त निर्देशक राजीब रोका लगायत राज्य आपदा प्रबन्धन प्राधिकरणका विशेषज्ञहरूको पनि उपस्थिति रहेका थिए। भेटको क्रममा एनडीएमएका संयुक्त सचिवले हालैको प्राकृतिक प्रकोपमा सिक्किम सरकार र एसएसडीएमएले गरेका तत्काल पहलको प्रशंसा गर्दै चुङ्थाङ र टिस्टा बेसिनको तराई क्षेत्रका मानिसहरूलाई समयमै बाहिर निकालेर धेरैको ज्यान बचाउन सफल भएको बताए। संयुक्त सचिव सत्यार्थीले नियमित मक ड्रिलहरू सञ्चालन गरेकोमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको प्रशंसा गरे।

बैठकमा क्षेत्रका विशेषज्ञहरूले आ-आफ्ना निष्कर्ष र समाधानका उपायहरू प्रस्ताव मुख्यमन्त्री समक्ष प्रस्तुत गरे। मुख्यमन्त्रीले यी सुझाउहरूलाई स्वीकार एवं प्रशंसा गर्दै पीडीएनए प्रतिवेदन तयार गर्नको निम्ति सहयोगको गर्ने सम्पूर्ण टोलीप्रति कृतज्ञता व्यक्त गरे।

यसै क्रममा क्षेत्रीय विशेषज्ञ पीके दासले सञ्चार विशेषज्ञले क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी मनसुनमा अपनाउनु पर्ने सुरक्षाका उपायहरूबारे सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement