एसडीएफले लगायो एसकेएममाथि पवन चामलिङको दुष्प्रचार गरेको आरोप

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले ‘एसकेएम दर्पण’ नामक फेसबुक पेज विरुद्ध नाम्ची पुलिस थानामा एउटा प्राथमिकी दर्ता गरेको छ। एसडीएफले एसकेएम दर्पणमाथि एसडीएफ र पार्टीका अध्यक्ष पवन चामलिङ विरुद्ध जनतामा दुष्प्रचार गरेको आरोप लगाएको छ।

एसडीएफद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्य समितिले एसकेएम दर्पण विरुद्ध नाम्ची पुलिस थानामा एउटा प्राथमिकी दर्ता गरेको छ। नाम्ची जिल्ला प्रशासनिक मामिलाका महासचिव एमबी गुरूङ र उपाध्यक्ष प्रभारी विनोद राईद्वारा हस्ताक्षरित प्राथमिकीमा यथाशिघ्र कानुनी कार्यवाहीको माग गरिएको छ।

एसकेएमले ‘एसकेएम दर्पण’-मा ‘पवन चामलिङले १९९४ मा सरकार बनाएर आफ्ना कार्यकर्तालाई गाईको थुन काट्न लगाए’ भनी अपप्रचार गर्दै पवन चामलिङ र एसडीएफ पार्टीको छवि बिगार्ने दुष्प्रयास गरिएको एफआईआरमा जनाइएको छ। एसडीएफ पार्टीले यसलाई घृणित राजनीतिक षड्यन्त्र बताउॅंदै घोर निन्दा गरेको छ। प्रशासन समक्ष यसप्रकारको प्रचार गर्नेहरूविरुद्ध कडा कानुनी कार्यवाही गर्न माग पनि गरिएको छ।

एसकेएम पार्टीलाई गाईको थुन काटेको विषयमा सत्य तथ्य प्रकाशमा ल्याउनका लागि सीबीआई जाँच गराउन एसडीएफले परामर्श पनि दिएको छ। यदि एसकेएमले सीबीआई जाँच गराउन सक्दैन भने मिथ्या प्रचार गरेर कसैको छवि बिगार्ने अनि जनतालाई दिग्भ्रमित गर्ने कार्य तत्काल बन्द हुनुपर्छ भनी एसडीएफले विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *