गान्तोक: आजादीको अमृत महोत्सव अन्तर्गत राज्य सूचना एवं जन सम्पर्क (आईपीआर) विभागले मनन केन्द्रमा फोटो प्रदर्शनी र चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा मुख्य अतिथिको रुपमा आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, आईपीआर विभागकी सचिव सिफोरा जी. तार्गेन, संस्कृति विभागका सचिव कर्मा आर. बोन्पो, आईपीआर, संस्कृति एवं धर्म विभागका अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए। फोटो प्रदर्शनीमा छोग्याल कालका चित्रहरू राखिएका छन्। कार्यक्रममा दुईवटा वृत्तचित्र पनि प्रदर्शन गरियो, जसमा अबन्ती सिन्हाद्वारा निर्देशित फिल्म ‘भुम्चु’ र छोग्याल कालको वृत्तचित्र सामेल थियो।
सल्लाहकार तामलिङले आफ्नो संक्षिप्त सम्बोधनमा आजादीको अमृत महोत्सवको महत्वमाथि प्रकाश पार्दै यस कार्यक्रमको माध्यमद्वारा सिक्किमको इतिहास र समृद्ध संस्कृतिलाई प्रकाशमा ल्याउने काम गरेकोमा सराहना गरे। यस अघि आईपीआर विभागकी निदेशक बेनु गुरूङले कार्यक्रम आयोजन गर्नुको औचित्यमाथि प्रकाश पारेकी थिइन्।