१२ दिसम्बरसम्म किसानहरूको खातामा पैसा पस्ने: मुख्यमन्त्री ममता

IMG-20231210-WA0110.jpg

अलीपुरद्वार: उत्तर बंगालमा लघु र मध्यम उद्योगहरूमा २४ हजार करोड़ रूपियाँको निवेश गरिनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार अलीपुरद्वारमा सरकारी सेवा वितरण समारोहको मंचबाट यी कुरा भनेकी हुन्।

यसका साथै उनले भनिन्, १२ दिसम्बरसम्म खरीफ खेतीको रूपियाँ किसानहरूको खातामा पस्नेछ।

वस्तुतः मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको सात दिवसीय यात्रामा छिन्। उनले शनिवार डुवर्समा जनसम्पर्क गरिन्। आइतवार अलीपुरद्वारमा सकारी सेवा वितरण समारोहमा उनले नानीहरूलाई बिरूवा बाँड़िन् जबकि २७ परियोजनाहरूको उद्घाटन औं ७७ परियोजनाहरूको शिलान्यास गरिन्। अन्तरराष्ट्रिय मानवाधिकार दिवसमा ३१ परियोजनाहरू अन्तर्गत ३९ जनालाई सेवा प्रदान गरियो। उनले चिया श्रमिकहरूलाई पट्टा पनि बाँड़िन्। यस अवधि मंचमा उदयन गुहा, बुलु चिक बराइक र अन्य नेता उपस्थित थिए।

उनले मंचबाट भनिन्, ‘लघु र मध्यम उद्योगहरू’ मा २४ हजार करोड़ रूपियाँको निवेश गरिनेछ। जुन किसानहरूसित फसल बीमा छ, उनीहरूले रूपियाँ पाउनेछन्। खरीफ खेतीको रूपियाँ १२ दिसम्बरसम्म किसानहरूको खातामा पस्नेछ। हामी अलीपुरद्वारलाई नयाँ जिल्ला बनाउन गइरहेका छौं। चिया कमान पट्टा र पर्यटन उद्योग गरिरहेछ। हामी सबै शऱणार्थी कोलोनीको पट्टा दिइरहेका छौं। हामीले आफ्नो सर्वश्रेष्ठ दिने प्रयास गरिरहेका छौं। आजपनि लगभग ९३ करोड़ ३२ लाखको ७१ परियोजनाहरूको उद्घाटन गरिएको छ। आगामी २४ दिसम्बरसम्म एक लाख २० हजार घरहरूसम्म पेयजल पुग्नेछ।

उनले केन्द्र सरकारमाथि हमला गर्दै भनिन्, भाजपाले केवल विज्ञापनमा दलाली गर्छ। हामीलाई जमीन कसले दिन्छ?

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement