चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा

408635647_10227084248954079_1606229635034732449_n


टीआरआई समाचार  
काठमाडौं: चलचित्र निर्माता सुमन राई भूकम्प पीडितको सेवामा खटिएका छन्। बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन्। अनुग्रह फ़ाउंडेशनका संस्थापक अध्यक्ष तथा फिल्म ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडितलाई ५५ परिवार लाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन्।

समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गाबिस ९, सक्ला पुगेका थिए। उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिएका छन्। राईले यस अघि विभिन्न ठाउँमा समाज सेवा मार्फत शिक्षा र सिनियर सिटीज़नका लागि अनुग्रह फाउन्डेसन मार्फत सहयोग गर्दै आइरहेका छन्। साथै, उनले सम्पूर्ण अनुग्रह फाउन्डेसन टिम र टिमसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्।  गएको महिना ३ नोभेम्बरमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *