नयाँ दिल्ली: अफ्रिकामा भइरहेको लामो दूरत्वको तैनाथीको एक अङ्गको रूपमा भारतीय नौसेनाको जहाज ‘सुमेधा’ केन्याको लामु बन्दरगाहमा पुगेको छ।
हालैमा विकसित केन्याको यस बन्दरगाहमा पहिलो पटक भारतीय नौसेनाको कुनै जहाज पुगेको छ जुन पहिलो बन्दरगाह कलको प्रतीक हो। यो जहाज विशाखापत्तनमस्थित भारतीय नौसेनाको पूर्वी बेड़ाको अङ्ग हो जसले पूर्वी नौसेना कमानको फ्ल्याग अफिसर कमाण्डिङ्ग-इन-चीफको परिचालन कमान अन्तर्गत काम गर्छ।
पोर्ट कल अवधि दुवै नौसेनाकर्मीहरू पेशावर बातचित, डेक दौड़ाह अनि खेल आदान-प्रदानको एक विस्तृत श्रृङ्खलामा सामेल हुनेछन् जसको उद्देश्य आपस्तमा सहयोगलाई बढ़ाउनु अनि सर्वोत्तम प्रथाहरू आदान-प्रदान गर्नु हो। यात्राको अंशको रूपमा एक संयुक्त योग सत्र, डेक रिसेप्शन, चिकित्सा शिविर औ एक समुद्री साझेदारी अभ्यासको योजना बनाइएको छ।
आईएनएस सुमेधा भारतीय नौसेनाको स्वदेशी रूपमा विकसित सरयू-श्रेणीको तेस्रो श्रेणीको जहाज हो। यसलाई ७ मार्च, २०१४-मा नौसेनामा कमीशन गरिएको थियो। जहाजलाई स्वतन्त्र रूपमा अनि बेड़ा सञ्चालनको समर्थनमा केही भूमिकाहरूको लागि तैनाथ गरिएको हो। यो जहाज हतियार औ सेन्सरहरूको एक श्रृङ्खलाद्वारा सुसज्जित छ भने यसले धेरैवटा भूमिका निभाउनसक्ने हेलिकप्टरलाई लैजानसक्छ।

भारतीय नौसेनाको ”मित्रताको पुल” बनाउने अनि मित्र देशहरूसित अन्तरराष्ट्रिय सहयोगलाई बलियो बनाउने मिशनको अङ्गको रूपमा भारतीय नौसेनाका जहाजहरूलाई नियमित रूपमा विदेशहरूमा तैनाथ गरिन्छ। जहाजको यो यात्रा प्रधानमन्त्रीको ”क्षेत्रमा सबैको लागि सुरक्षा औ विकास” (एसएजीएआर)- को दृष्टिकोण अनुरूप छ साथै भारत-अफ्रिकी सम्बन्धलाई अघि बढ़ाउने प्रयास पनि हो।