इञ्चे गुम्पामा सम्पन्न काग्येद छाममा राज्यपाल सहभागी

n56407251817022136900032fdd659b2b176671671096f00c01f493dd0e168f4171c01a4a77f1af6877529a.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज राजधानीको इञ्चे गुम्पामा सम्पन्न काग्येद छाममा उपस्थित रहे। यो कार्यक्रमले लोसुङ र नामसुङको शुभ अवसरलाई चिन्हित गर्दछ।

यस अवसरमा राज्यपाल पनि भिक्षु समुदायसॅंग सम्मिलित बनेर यस महत्वपूर्ण दिनको हार्दिक शुभकामना व्यक्त गरे।

राज्यपाल आचार्यले इञ्चे गुम्पामा घीउको दियो बालेर सिक्किमको शान्ति, समृद्धि र प्रगतिको निम्ति प्रार्थना गरे। इञ्चे गुम्पाका उदोर-छो-सुम लामाहरूले राज्यपाललाई स्वागत जनाएको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement