गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले काग्यत नृत्यको अवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। विशेष गरेर यो पर्व भोटिया र लेप्चा समुदायले पालन गर्ने भएकोले यी दुई समुदायलाई इङ्गित गर्दै शुभकामना दिएका छन्। राज्यपालले आफ्नो शुभकामना सन्देशमा काग्यद नृत्य प्रचलित नृत्य उत्सव रहेको बताउँदै नयाँ वर्षको आगमन भन्दा अघि नराम्रो र नकारात्मक शक्तिको विनाशको प्रतिकको रूपमा यसलाई प्रति वर्ष पालन गरिने चलन रहेको बताएका छन्। यस अवसरमा विभिन्न गुम्बाका लामाहरू प्रस्तुत गरिएको नृत्य साथै गीतको माध्यमद्वारा ईश्वरसँग मानिसहरूलाई सबै प्रकारको समस्या, विग्न वाधा र अढचनसँग बचाउँदै समृद्धि अनि सौभाग्य प्राप्त गरुन् भनि कामना गर्दछन्। उक्त अवसरमा हामी सबैले यस उत्सवको माध्यमद्वारा समाजमा शान्ति अनि सद्भावना कायम राख्नको निम्ति संकल्प गर्नुपर्ने राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

यस पर्वले राज्यका मानिसहरूको जीवनमा प्रसन्न र खुशी ल्याउने पनि आशा राखेका छन्।