२३ जुलाई देखि ७ अगस्त सम्म वज्र गुरु मन्त्र पाठकाे आयोजना

photocollage_202272223229857.jpg

गान्तोक: राजधानी गान्तोकको ताथाङ्गचेनस्थित वेस्ट पोइन्ट स्कूल छेउ थार्पा मणिलाखाङमा, २३ जुलाईदेखि ७ अगस्त, २०२२ सम्म वज्र गुरु मन्त्र पाठ आयोजन भइरहेको छ। १६ दिनसम्म चल्ने यस अनुष्ठानमा सबै धर्मावलम्बीहरूलाई सहभागी भइदिने अपील आयोजक कमिटीको तर्फबाट छुल्टिम भोटियाले गरेका छन्।

जानकारी गराइए अनुसार, मणि आना, थार्पा मणिलाखाङ, ग्रार्ड ग्राउण्ड, ताथाङ्गचेनले कोविड महामारीलाई लिएर राज्य सरकार अनि जिल्ला प्रशासनले जारी गरेका दिशानिर्देशहरूलाई पालन गर्दै यसपाली पनि थार्पा मणिलाखाङमा १६ दिवसीय वज्र गुरु मन्त्र पाठ आयोजन गर्ने निर्णय लिएको छ। आयोजक कमिटीले सबै धर्मावलम्बीहरूलाई वज्र गुरु मन्त्र पाठमा सहभागी बनेर विश्व शान्ति, कोविड महामारीबाट रक्षा अनि सम्पूर्ण संवेदनशील प्राणीहरूको कल्याणका लागि प्रार्थना गरुन् भनी अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement