नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार भीडियो कन्फ्रेसिङ्गको माध्यमबाट ‘विकसित भारत- २०४७ भोइस अफ यूथ’ कार्यक्रमको शुरूआत गर्नेछन्। यस कार्यक्रम अन्तर्गत देशभरिका राजभवनहरूमा वर्कशप आयोजना गरिनेछ जसमा प्रधानमन्त्रीले विश्वविद्यालयहरूका कुलपति, संस्थानहरूका प्रमुख अनि फेकल्टी सदस्यहरूलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री कार्यालय अनुसार उक्त पहलले देशका युवाहरूलाई विकसित भारतको भिजनमा योगदान दिनका लागि मञ्च प्रदान गर्नेछ। यस अवसरमा आयोजना हुने कार्यशालाहरूले युवाहरूलाई आफ्नो विचार अनि सुझाउहरू साझा गर्नका लागि प्रेरित गर्नेछन्।