कोलकाता/दार्जिलिङ: साइबेरियन बाघको एक जोडी कोलकाता एयरपोर्टबाट रोड एम्बुलेन्सद्वारा दार्जिलिङ चिडियाखाना आइपुगेको छ। साइबेरियन बाघको याे जोडी एमिरेट्सको विमानबाट शनिबार राति कोलकाता आइपुगेको थियो। यसमध्ये एउटा नर बाघ र एउटा महिला बाघ रहेको छ। मूलतः यी दुवै बाघ विनिमय प्रणालीबाट यहाँ ल्याइएको हो। यसको सट्टा, दुईवटा रेड पाण्डा भारतबाट साइबेरिया पठाइयो।
यी दुई बाघलाई काठको बक्समा ल्याइएको थियो। कोलकाता एयरपोर्टमा यीी बाघहरूलाई दार्जिलिङ ल्याउन एम्बुलेन्स तयार राखिएको थियो।