नोट काण्डले सांसद धीरज साहु समस्यामा, कांग्रेसले छोड्यो साथ

Dhiraj-Prasad-Sahu

नयाँ दिल्ली: कांग्रेसका राज्यसभा सांसद धीरज साहुको ठाउँबाट अपार सम्पत्ति भेटिएपछि सबै अचम्ममा परेका छन्। धीरजको घरबाट भेटिएको पैसा गन्दा आयकर अधिकारीको पनि पसिना बग्यो। चार दिन बितिसक्दा पनि अधिकारीहरुले गन्ती गरिरहेका छन्। हालसम्म सयौं झोलामा नगद फेला परेको छ। कांग्रेस नेता जयराम रमेशले एक विज्ञप्ति जारी गर्दै भारतीय राष्ट्रिय कांग्रेसलाई साहुको कामसँग कुनै सरोकार नभएको बताए। उनले यसको जवाफ आफूले मात्र दिनसक्ने बताउँदै आफ्नो ठाँउबाट यत्रो ठूलो रकम कसरी बरामद भइरहेको छ भन्ने पनि स्पष्ट गर्नुपर्ने बताए। सांसद धीरजको घरमा बेहिसाब रकम भेटिएपछि भाजपाले कांग्रेसमाथि हमला गरेको छ। भाजपाले यो पैसा कांग्रेसका नेताहरुको रहेको बताएको छ। भाजपा सांसद सञ्जय सेठले अहिलेसम्म ३०० करोडभन्दा बढी रकम जफत भएको दाबी गरेका छन्। सांसदको घरमा यति धेरै पैसा भेटिएको छ, यसलाई पत्ता लगाउन धेरै आयकर टोली खटाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *