एनडीएका राष्ट्पति उम्मेदवारको जितमा राज्यभरि विजयी उत्सव पालन

IMG-20220722-WA0173.jpg

गान्तोक: एनडीएका राष्ट्रपति पदकी उम्मेदवार द्रोपदी मुर्मुको जितलाई लिएर आज राज्यभरि विजयी उत्सव पालन गरियो। सोही क्रममा गान्तोकमा पनि विजयी उत्सव भव्यरूपमा पालन गरियो। यस अवसरमा विशेष गरेर तादोङस्थित कन्वे ग्राउण्डबाट विजयी ऱ्याली पनि आयोजना गरियो। उक्त ऱ्याली देउराली, पानी हाउस हुँदै एमजी मार्गमा पुगेर समापन भयो। मन्त्री अरूण उप्रेतीको नेतृत्वमा आयोजित यस ऱ्यालीमा मन्त्री केएन लेप्चा, मन्त्री डा. एमके शर्मा, विधायक जीटी ढुङ्गेल, विधायक सोनम भेञ्चुङपा लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। मन्त्री उप्रेतीले जानकारी गराए अनुसार एनडीएका राष्ट्रपति उम्मेदवार द्रोपदी मुर्मु एक आदिबासी महिला हुन् जो १५औं राष्ट्रपतिकोरूपमा निर्वाचित भएकी छन्।

उनको विजयीको खुशीमा यस प्रकारको ऱ्याली आयोजना गरिएको उनले थप जानकारी गराए। एसकेएम पार्टी पनि एनडीएको घटक दल भएको कारण मुर्मुलाई जिताउन सबै विधायकगणले मतदान गरेको बताए। यसै क्रममा नाम्चीस्थित भाइचुङ स्टेडियममा पनि विजयी उत्सव पालन गरियो। सो कार्यक्रममा मन्त्री सञ्जीत खरेल, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्री बीएस पन्त लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। सोही प्रकारले आज पाकिम जिल्लामा पनि विजयी उत्सव ऱ्याली आयोजना गरियो। यस अवसरमा नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्मा,विधायक विष्णु कुमार खतिवडा, सिक्किम विधानसभाका अध्यक्ष एलबी दास लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement