जलपाईगुडी: जलपाईगुडी जिल्लाको राजगञ्ज ब्लकको बिन्नागुरी क्षेत्रमा साहुडांगीबाट पानीकौरी क्षेत्र हुँदै शिकारपुर क्षेत्रको बटला मोडसम्म सडक विस्तार कार्य शुरु गरिएको छ।
यस अवसरमा बट्टला मोडमा एक कार्यक्रमको आयोजना गरियाे। मुख्यतया राजगञ्ज विधायक, धेरै पुलिस अधिकारी र स्थानीय तृणमूल नेताहरू यसमा उपस्थित थिए। यो सडक विस्तारका लागि करिब १४ करोड रुपैयाँ लाग्ने जनाइएको छ, जसलाई लोक निर्माण विभागले स्वीकृत गरेको छ।