जलपाईगुडी: धुपगुरीको लिचुतला मोडमा एउटा स्याल जङ्गलबाट बाटो हराएर शहरी क्षेत्रमा पसेपछि डराएर एउटा मोटरसाइकल ग्यारेजभित्र पसे र कपाटमा लुकेकाे भेटायाे। स्याल हेर्न मानिसको भीड लागेको थियो। जानकारी अनुसार राति मोटरसाइकलको ग्यारेजमा अचानक एउटा स्याल पसेको थियो। स्याल भित्रिएको खबर सुनेर पसलमा धेरै मानिस जम्मा भए। ग्यारेजका कर्मचारी प्रशान्त मण्डलले अचानक बाटो काटेर स्याल ग्यारेजभित्र पसेको देखेकाे बताए।
उक्त खबर पाएलगत्तै बिनागुरी वन्यजन्तु टोलीका वनकर्मी घटनास्थल पुगे। बिनागुरी वन्यजन्तु टोलीका कर्मचारीले अलमारी भित्रबाट स्याललाई उद्धार गरी जंगलमा छाेडे।