११ करोडको हात्ती दाँतसहित २ जना पक्राउ

IMG-20231210-WA0114.jpg

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा केन्द्रीय राजस्व गुप्तचर कर्मचारीहरूले सिलगढीको एनजेपी स्टेशनमा राजधानी एक्सप्रेसबाट करिब ११ करोड रुपैयाँको हात्तीको दाँतसहित दुई जनालाई पक्राउ गरे।

पक्राउ परेका दुवै जना, नाम सोलेमान खा(२८ वर्ष) र रतन गोला(३५ वर्ष) आसामको नवगाउँ जिल्लाका बासिन्दा हुन्। जफत हात्ती दाँतको वजन ७ किलो ३२० ग्राम जानाएकाे छ, जसको बजार मूल्य १० करोड ९८ लाख रुपैयाँ छ। तस्करी गरिएको हात्तीको दाँत उत्तर प्रदेशको वाराणसी हुँदै नेपाल लगिएको बताइएको छ। पक्राउ परेका दुवैलाई आइतबार सिलगढी अदालतमा पेश गर्दा सिलगढी अदालतले उनीहरूलाई जेल पठाउने आदेश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement