सिलगढी: वाहनको चक्का खोलिएपछि वाहन सडक बीचमा रहेको डिभाइडरसित ठोक्किँदा वाहनमा सवार दुईजना व्यक्ति घाइते भएका छन्। यो घटना सिलगढी संलग्न उत्तरकन्याअघि घटेको हो। प्राप्त जानकारी अनुसार आज अपरान्ह एउटा वाहन सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय उत्तरकन्या इलाकामा वाहनलाई ओभरटेक गर्ने क्रममा यो वाहनको चक्का खोलिएपछि अनियन्त्रित भएर वाहन सडक बीचमा रहेको डिभाइडरमाथि चढ्दा वाहनमा सवार दुईजनालाई सामान्य चोट लागेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र फूलबारी हाईवे ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लगेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।